नियम
बिमा व्यवसायको किसिम
(१) ऐन र यस नियमावलीका अधीनमा रही बिमकले गर्ने बिमा व्यवसायलाई देहायका किसिममा विभाजन गरिनेछः–
(क) जीवन बिमा व्यवसाय ।
(ख) निर्जीवन बिमा व्यवसाय ।
(ग) पुनर्बिमा व्यवसाय ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले समितिको परामर्श लिई आवश्यकतानुसार बिमा व्यवसायको अन्य किसिमहरू समेत तोक्न सक्नेछ ।